निषेधाज्ञा अवधिमा बैंकमा ५० हजारभन्दा कम रकम जम्मा नहुने
मकवानपुर । नेपाल बैंकर्स संघले आजबाट बंकहरुमा ५० हजार रुपैया भन्दा कम नगद जम्मा नगर्ने निर्णय गरेको छ । बैंकहरुमा आर्थिक कारोबारका लागि मानिसहरुको भीडलाई न्युनिकरण गर्न सो निर्णय गरेको जनाएको छ ।
संघका अनुसार ग्राहकले खाताबाट नगद झिक्ने, रकम स्थानान्तरण गर्ने, विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यवसाय कारोबार गर्न सबै सदस्यहरुलाई निर्देशन दिएको छ । सङ्घका अध्यक्ष भुवन दाहालका अनुसार सकेसम्म विद्युतीय बैंकिङ कारोबार गर्न सबैमा आग्रह समेत गरेका छन् ।












