पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायम रहन्छ: गृहमन्त्री खाँण

हेटौडा न्युज
१४ कार्तिक २०७८, आईतवार १४:४५
;

मकवानपुर । पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् ।

संविधानको रक्षा र जनविश्वासलाई मजबुत बनाउन नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको सत्ता गठबन्धन आम निर्वाचनसम्म कायम रहने उनको भनाइ छ ।

रुपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा आयोजित कार्यक्रममा कार्यबाहक प्रधानमन्त्री समेत रहेका खाँणले संविधानको रक्षा जनताको चाहना र विश्वासलाई अझ मजबुत बनाउन आउँदो आम चुनावसम्म सत्ता गठबन्धन कायम रहने दाबी गरे ।

गृहमन्त्री खाँणले बेमौसमी वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानबाट भएको जनधनको क्षतिको उचित व्यवस्थापन गरिने समेत बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*