केपी ओलीले प्रतिगमनको बाटो रोजे–अर्थमन्त्री शर्मा

हेटौडा न्युज
१४ कार्तिक २०७८, आईतवार १७:४३
;

मकवानपुर । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा अर्थ मन्त्री जनार्दन शर्माले केपीओलीले प्रतिगमनको बाटो रोजेको बताएका छन् ।

आज आईतबार हेटौंडामा नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग वाईसिएलको हेटौंडा नगर भेलालाई सम्बोधन गर्दे मन्त्री शर्माले माओवादीलाई कमजोर पार्न विगतदेखिनै प्रतिगमनकारीहरु सक्रिय भएको बताएका हुन् ।

उनले कम्यूनिष्ट आन्दोलनलाई बलियो बनाउन एमालेसँग एकता गरेर अघि बढेपनि केपी ओलीले सत्ता कब्जा गरेर प्रतिगमनको बाटो रोजेको आरोप लगाए । मन्त्री शर्माले कार्यक्रमको अधिकाशं समय प्रचण्डको बचाउ गर्दे केपी ओलीको आलोचना गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*