सत्तारुढ गठबन्धनको बैठक आज बस्दै

हेटौडा न्युज
७ माघ २०७८, शुक्रबार १२:११
;

मकवानपुर । सत्तारुढ गठबन्धनको बैठक आज अपरान्ह ४ बजे बस्ने भएको छ ।

स्थानिय तहको निर्वाचन र संघीय संसदको निर्वाचनको बहस चलिरहेको बेला सत्तारुढ गठबन्धनको बैठक ४ बजे बस्न लागेको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार गठबन्धनको बैठकमा निर्वाचनलगायत समासामायिक राजनीतिक विषयमा छलफल हुनेछ ।

माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल दुवै कोरोना सङ्क्रमित भएपछि लामो समयदेखि गठबन्धनको बैठक बस्न सकेको थिएन । दुवै नेता कोरोना सङ्क्रमणमुक्त भएपछि बिहीवार प्रधानमन्त्री शेरबहादुर देउवासहित बार्ता भएको थियो । सोही भेटवार्ता पछि गठबन्धनको बैठक अपरान्ह ४ बजे बोलाइएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*