सामाजिक सञ्जालमा मन्त्री आलेको गाली भाइरल

हेटौडा न्युज
३ फाल्गुन २०७८, मंगलवार ११:२२
;

मकवानपुर । सामाजिक सन्जालमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले अश्लील शब्द प्रयोग गर्दै एक व्यक्तिलाई गाली गरेको अडियो सार्वजनिक भएको छ ।

अछाम घर भई भारतको मुम्बई बस्ने जगत ओलीलाई मन्त्री आलेले गरेको अश्लील गाली सामाजिक सञ्जालमा सार्वजनिक भएको हो । आफूविरुद्ध फेसबुकमा जथाभावी किन लेखेको भन्दै मन्त्री आले ओलीविरुद्ध खनिएका छन् । आलेले उनी बसेको मुम्बईको ठेगाना माग्दै ‘त्यहींबाट उठाइदिने’ र ‘हातखुट्टा काटिदिने’ धम्कीसमेत दिएको सुनिन्छ ।

यो अडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । मन्त्री आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीका अनुसार एमाले सांसदहरुले फ्लोर क्रस गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि आलेविरुद्ध ओलीले फेसबुकमा ‘जथाभावी’ लेखेका थिए । त्यसपछि उनैले आलेलाई म्यासेन्जरमा फोन पनि गरेका थिए । त्यही क्रममा भएको सम्वाद अहिले सार्वजनिक गरिएको आलेका प्रमुख स्वकीय सचिव रेग्मीको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*