आजको संसद बैठकमा सरकारले एमसीसी टेबल गर्ने
मकवानपुर । आजको संसद बैठकमा सरकारले एमसीसी टेबल गर्ने भएको छ ।
सत्ता गठबन्धनमा एमसीसी टेबल गर्ने सहमतिसँगै आजकै बैठकमा एमसीसी टेबल गर्न लागिएको सरकारका प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनले एमसीसी सार्वभौम संसदमा टेबुल हुने बताए ।
एमसीसीको विषयमा सडकमा नभई सदनमा गहनरुपमा छलफल भएर निष्कर्षमा पुग्नुपर्ने मन्त्री कर्कीको भनाई छ ।











