आजको प्रतिनिधिसभा बैठकमा एमालेले अवरोध कायमै राख्ने
मकवानपुर । आजको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेले अवरोध कायमै राख्ने भएको छ ।
आफूहरुले उठाएको मागमा सत्ता गठबन्धन र सभामुखले सुनुवाइ नगरेका कारण संसदका कुनै पनि प्रक्रियामा भाग नलिने र नारावाजी गर्ने पुरानो निर्णय यथावत रहेको प्रमुख सचेतक विशाल भट्टराईले बताए । भट्टराईका अनुसार कार्यव्यवस्था समितिको बैठकमा पनि एमाले सहभागी हुने छैन ।











