पार्टीले गर्ने निर्णयमा सवै सांसद एकठाउँ उभिन्छौं: प्रमुख सचेतक श्रेष्ठ
मकवानपुर । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले पार्टीले गर्ने निर्णयमा सवै सांसद एकठाउँ उभिने बताएका छन् ।
पार्टीका सबै सांसद एमसीसीबारे एउटै निर्णयमा उभिने उनले बताए । श्रेष्ठले एमसीसी राष्ट्रिय चासोका विषय भएकाले सांसदहरुले राम्रो बातावरणमा बोल्न पाउने बातावरण बनाउनुपर्ने बताए ।
प्रधानमन्त्री, सभामुख र शीर्ष नेताहरुले संसद सञ्चालनको बातावरण बनाउनुपर्ने पनि श्रेष्ठले बताए । सडकमा समेत प्रदर्शन भइरहेकाले एमसीसीबारे गहन छलफलको अवसर आवश्यक रहेको उनले बताए ।











