जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप, आधा दर्जन कार्यकर्ता घाइते

हेटौडा न्युज
२० फाल्गुन २०७८, शुक्रबार १७:५०
;

मकवानपुर । जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच सप्तरीको राजविराजमा झडप भएको छ ।

जिल्ला निर्वाचन कार्यालय सप्तरी घेराउ गर्न पुगेका जनमतका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । झडपका क्रममा भिड नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज गर्दा जनमतका आधा दर्जन कार्यकर्ता घाइते भएका छन् । उनीहरुले स्थानीय अस्पतालमा उपचार गराएका छन् ।

स्थानीय तहको निर्वाचनअघि किसानहरुले उठाएका मागहरु सम्बोधन हुनुपर्ने र साना राजनीतिक दलहरुलाई चुनाव चिन्ह प्रदान गर्नुपर्ने लगायतका माग राखेर पूर्व घोषित कार्यक्रम अनुसार जनमतका कार्यकर्ता निर्वाचन कार्यालय धर्ना दिन पुगेको थियो ।प्रहरीले लाठी चार्ज गरेर कार्यालय अगाडी धर्ना बस्न नदिएपछि जनमतका कार्यकर्ताहरु सडकमै धर्ना बसेका थिए । उनीहरुले सरकारविरुद्ध नाराबाजी समेत गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*