प्रदेश १ को नाम कोशी प्रदेश राख्नुपर्छ: ओली
मकवानपुर । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ को नाम कोशी प्रदेश राख्नुपर्ने एमालेको धारणा सार्वजनिक गरेका छन् ।
गृहजिल्ला झापाको विर्तामोडमा प्रेस चौतारी प्रदेश १ को पहिलो अधिवेशनलाई सम्बोधन गर्दै ओलीले कोशी सभ्यताजस्तो साझा पहिचान अरु नभएकाले प्रदेशको नामाकरण कोसी राखिनुपर्ने बताएका हुन् ।
प्रदेश १ को नाम राख्न सकस परिरहेका बेला एमाले अध्यक्ष ओलीले यो धारणा राख्नुलाई अर्थपूर्ण मानिएको छ । एमालेबिना सत्ता गठबन्धनको दुई तिहाई नपुग्ने भएकाल कोशी प्रदेशमा सबैलाई उभ्याउन ओलीले झापा पुगेर आफ्नो धारणा सार्वजनिक गरेका छन् ।











