प्रतिनिधिसभा विघटन गर्न माधव नेपालको प्रस्ताव
मकवानपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनको पक्षमा अभिव्यक्ति दिएका छन् ।
आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको वितण्डा सामना गर्न पनि संसद भंग गर्नुपर्ने बताएका हुन् । २३ भदौदेखि नेकपा एमालेले संसद बैठकमा निरन्तर अवरोध गर्दै आएको छ ।
माधव नेपालसहितका २३ सांसदलाई पार्टीले निष्कासनको कारबाही गरेर संसदलाई जानकारी गराउँदा सभामुख अग्निप्रसाद सापकोटाले सूचना टाँस नगरेको विषय उठाएर एमालेले संसद अवरोध गरिरहेको छ । केही दिनअघि सत्तारुढ गठबन्धनको बैठकमा पनि संसद विघटन गरेर अर्लि इलेक्सनमा जाने विषयमा छलफल भएको थियो ।











