माओवादी केन्द्र गाउँपालिका कमिटी उपाध्यक्षसहित १ सय ५ जना एमालेमा प्रवेश
मकवानपुर । नेकपा माओवादी केन्द्र बैतडीको दोगडाकेदार गाउँपालिका कमिटी उपाध्यक्षसहित विभिन्न पार्टीका १ सय ५ जना एमाले प्रवेश गरेका छन् ।
नेकपा एमाले दोगडाकेदार गाउँ कमिटीले आज आयोजना गरेको स्थानीय निर्वाचनकेन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा उनीहरूलाई प्रवेश गराइएको हो ।
एमाले केन्द्रीय सदस्य तथा बैतडी जिल्ला सह इन्चार्ज लीलाधर भट्ट, प्रदेश अध्यक्ष दामोदर भण्डारी, जिल्ला कमिटी अध्यक्ष सुरेन्द्र पाल, जिल्ला उपाध्यक्ष रमिल बमलगायतले उनीहरुलाई स्वागत गरका थिए ।











