माओवादी केन्द्रबाट निर्वाचित मेयर र उपमेयर एमालेमा प्रवेश

हेटौडा न्युज
२५ फाल्गुन २०७८, बुधबार १६:३३
;

मकवानपुर । मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर दुवैजना बुधबार नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित मेयर दीलिपकुमार बगडिया र उपमेयर केशवकुमारी खनाल एमालेमा प्रवेश गरेका हुन् । रंगेलीमा आयोजित समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मेयर, उपमेयर र दुईजना वडाध्यक्षसहित करिब ५ हजारजनालाई पार्टी प्रवेश गराएको एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले बताए ।

प्रवेश गर्नेमा रंगेली नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष महेशकुमार खनाल र वडा नम्बर ७ का वडाध्यक्ष रामचन्द्र मण्डल समेत छन् । उनीहरू पनि माओवादीबाटै निर्वाचित भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*