नेकपा एमालेको मुख्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने

हेटौडा न्युज
२१ चैत्र २०७८, सोमबार १८:२५
;

मकवानपुर । नेकपा एमालेको मुख्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको छ ।

ठाउँ अभावका कारणले अहिले रहेको थापाथलीबाट एमाले मुख्यालय ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको हो । कार्यालय सचिव डा भीष्म अधिकारीले नयाँ वर्षका अवसरमा आगामी वैशाख १ गते मुख्यालय सर्ने जानकारी दिए ।

कार्यालय सञ्चालनका लागि पार्टीले अहिले रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानको पुरै भवन भाडामा लिएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय भने अहिलेको भवनबाट पश्चिमतिर नयाँ भवन बनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*