हेटौंडामा एमाले नेतृत्वको स्थानीय सरकारले धेरै विकासका काम गरेको छ: मेयर महत

हेटौडा न्युज
१५ बैशाख २०७९, बिहीबार १४:०४
;

मकवानपुर । नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले एमालेले नेतृत्व गरेको स्थानीय सरकारले धेरै विकास निर्माणका काम गरेको बताएका छन् ।

आज नेकपा एमाले हेटौंडा १ वडा कमिटीको आयोजनामा भएको प्रचार प्रसार कार्यालयको उद्घाटन् कार्यक्रममा बोल्दै उनले पार्टीले चुनाबमा गरेको प्रतिबद्धता भन्दा अहिले पाँच वर्षको अवधिमा धेरै काम भएको बताए ।

हेटौंडामा स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार हरेक क्षेत्रमा धेरै काम गरिएको मेयर महतको भनाई छ । कोरोनाको सङ्कटमा अक्सिजन प्लान्ट राख्ने हेटौंडा अस्पतालमा डायलासिस सेवा दिने काममा उपमहानगरपालिकाले नेतृत्व गरेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*