नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सर्यो

मकवानपुर । जेठ २२ देखि २८ गतेसम्म पोखरामा गर्ने तयारी गरिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सरेको छ ।
प्रतियोगिता असोज अन्तिम साताका लागि सरेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतियोगिता सार्ने निर्णय गरेको हो । प्रतियोगिता अब असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ । यो पटक प्रतियोगितामा ३६ वटा खेल समावेश गरिने भनिएको थियो ।
बजेट कार्यन्वयनमा समस्या, समय अभाव, स्थानीय निर्वाचनका कारण साथै ११÷१२ को परीक्षासमेत परेकाले प्रतियोगिता सारिएको बताइएको छ । प्रतियोगिताका लागि ६० करोड बजेट अनुमान गरिएको थियो ।