हेटौंडामा अनेरास्ववियुका नेताहरू पक्राउ

हेटौडा न्युज
१२ जेष्ठ २०७९, बिहीबार ११:०१
;

मकवानपुर । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्धको आन्दोलनको क्रममा हेटौंडाबाट अनेरास्ववियुका नेताहरू पक्राउ परेका छन् ।

आज हेटौंडामा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्धको आन्दोलनको कार्यक्रम सञ्चालन गर्ने क्रममा अनेरास्ववियु स्थायी कमिटी सदस्य सन्तोष पौडेल, मकवानपुर जिल्ला उपाध्यक्ष भुवन मैनाली, सचिव पुष्कर तिमल्सिना लगायतका विद्यार्थी नेताहरहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विद्यार्थी नेताहरहरूलाई गिरफ्तार गरिएको घटनाप्रति अनेरास्ववियु मकवानपुर जिल्ला अध्यक्ष विशाल पौडेलले खेद व्यक्त गरेका छन् ।

अध्यक्ष पौडेलले शान्तिपूर्ण प्रदर्शनमाथिको प्रहरी हस्तक्षेप निन्दनीय रहेको भन्दै गिरफ्तार गरिएका साथीहरूको निर्शत अबिलम्ब रिहाईको लागि प्रशासन समक्ष अपील गरेका छन् । नेताहरूलाई तत्काल रिहाई नगरे उत्पन्न हुने परिस्थितिको हेक्का राख्न चेतावनी समेत दिएका छन् । पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्दी तत्काल फिर्ता हुनुपर्ने भन्दै अनेरास्ववियुले आन्दोलन गर्दै आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*