हेटौंडामा पक्राउ परेका अनेरास्ववियुका नेताहरु रिहा भए

मकवानपुर । पेट्रोलियम पर्दाथमा मूल्यवृद्धि विरुद्ध आन्दोलन गर्दा हेटौंडामा पक्राउ परेका अनेरास्ववियुका नेताहरु रिहा भएका छन् ।
आज बिहान मकवनापुर बहुमुखी क्याम्पस सडकमा सरकारी सवारीलाई आवतजावतमा रोक लगाउने क्रममा पक्राउ परेका अनेरास्ववियु स्थायी कमिटी सदस्य सन्तोष पौडेल,जिल्ला उपाध्यक्ष भुवन मैनाली, जिल्ला सचिव पुस्कर तिम्ल्सिना र युवा संघका रजकुमार घिमिरे रिहा भएका हुन् ।
अनेरास्वयुको मूल्यवृद्धि विरुद्धको कार्यक्रम अन्तर्गत जिल्लामा सरकारी सवारीहरुलाई आवतजावतमा रोक लगाउनले क्रममा उनिहरु पक्राउ परेका थिए । उनिहरुले सरकारले मूल्यवृद्धि फिर्ता नलिएसम्म अनेरास्ववियुले विभिन्न चरणबद्ध रुपमा आन्दोलनको कार्यक्रमहरु जारी राख्ने जनाएका छन् ।