एमाले निकट जनवर्गिय संगठनहरुको हेटौंडामा सिठ्ठी जुलुस

मकवानपुर । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा बागमती प्रदेशको राजधानी हेटौंडामा नेकपा एमाले निकट जनवर्गिय संगठनहरुले सिठ्ठी जुलुस गरेका छन् ।
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, नेपाल खेलकुद महासंघ लगायत भ्रातृ संगठनहरुले संयुक्त रुपमा सिठ्ठी बजाएर मूल्यवृद्धिको विरोध प्रर्दशन गरेका हुन् । मकवानपुर बहुमुखी क्याम्पस र हेटौंडा क्याम्पसबाट सुरु भएको सिठ्ठी जुलुस बुद्धचोकमा कोणसभा गरिएको थियो ।
उनिहरुले मुल्यवृद्धि फिर्ता गर, सडक हामी तताउंछौ मुल्य वृद्धि घटाउँंछौ, परमादेशी सरकार राजिनामा दे, नालायक सरकार होसियार लगायत नारा समेत लगाएका छन् । मूल्यवृद्धिको विरोधमा एमाले निकट भातृ संगठनहरुले दैनिक प्रर्दशन गर्दै आइरहेको छ ।