आफ्नो दलबाट निर्वाचित भएका जनप्रतिनिधिलाई माओवादीले प्रशिक्षण दिंदै

हेटौडा न्युज
१८ जेष्ठ २०७९, बुधबार ०८:३३
;

मकवानपुर । आफ्नो दलबाट निर्वाचित भएका जनप्रतिनिधिलाई नेकपा (माओवादी केन्द्र)ले आजदेखि काठमाडौंमा प्रशिक्षण दिंदैछ ।

स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले दुईदिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ । कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानून निर्माणलगायत विषयमा विज्ञहरुले प्रशिक्षण दिनेछन् ।

पार्टीका शीर्ष नेता एवं सङ्घीयताविद्, अर्थतन्त्र विज्ञ, पूर्वमहान्याधिवक्ता, स्थानीय सरकार सञ्चालनका विज्ञ, पूर्वप्रशासकलगायतले विभिन्न विषयमा सहभागीलाई प्रशिक्षण दिने माओवादीले जनाएको छ । अघिल्लो कार्यकालमा उत्कृष्ट काम गरेका स्थानीय तहका प्रमुखले पनि अनुभव आदानप्रदान गर्ने कार्यक्रम राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*