सभामुख सापकोटा र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

मकवानपुर । सभामुख अग्निप्रसाद सापकोटा र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
सभामुख सापकोटा आइतबार अपरान्ह प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । भेटमा प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति चयन, सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
यस्तै सचिवालयका अनुसार प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच नागरिकतालगायत विचाराधीन विधेयकहरु र उपसभामुख चयनका विषयमा पनि छलफल भएको छ ।