घट्यो सुनको मूल्य, कतिमा हुँदै छ किनबेच ?
सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १ हजार रूपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला १ लाख २ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ लाख १ हजार ५ सय रूपैयाँ तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार रूपैयाँ तोकिएको छ । यसको मूल्य अघिल्लो दिन १ लाख २ हजार थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ४५ रूपैयाँले घटेर १ हजार २ सय २५ रूपैयाँमा आएको महासंघले जनाएको छ ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।











