समिति गठनको विषयलाई लिएर झडप, तीनजना घाईते  

हेटौडा न्युज
१७ पुष २०७६, बिहीबार २०:५९
;

नुवाकोटमा सडक निर्माण उपभोक्ता समिति गठनको विषयलाई लिएर झडप भएको छ ।  झडपमा तीन जना घाइते भएका छन्।

लिखु गाउँपालिका–५ धमिलेबोट दोबाटोबाट ककनीसम्म जाने बाटो निर्माणका लागि उपभोक्ता समिति गठन गर्न बसेको विवाद बढेर झडपमा परिणत भएको हो । 

घाईतेहरुमध्ये टाउकोमा चोट लागेका लिखु गाउँपालिका–५ धमिलेबोटका २८ वर्षीय निर्भिक पाठकलाई काठमाडौं पठाइएको छ भने  सोही ठाउँका २५ वर्षीय परशुराम श्रेष्ठको दाँत झरेको र मुखमा चोट लागेको छ ।

त्यसैगरी अर्का विदुर नगरपालिका–४ का ३७ वर्षीय डोलबहादुर मगरको टाउकोमा चोट लागेको छ । उनीहरुको जिल्ला अस्पताल त्रिशुलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*