काठमाडौंलगायत विभिन्न ठाउँमा बर्डफ्लु सङ्क्रमित कुखुरा भित्रीदै

हेटौडा न्युज
२२ फाल्गुन २०७६, बिहीबार १४:४५
;

भारतबाट नेपालको राजधानीलगायत विभिन्न ठाउँमा मासुका लागि तयार कुखुरा र चल्ला अवैध रुपमा भित्रीन थालिएको छ । नेपालमा कुखुराको मासु र चल्ला महँगो भएको मौका छोपी भारतबाट अवैध रुपमा यस्ता मासु जन्य बस्तु नेपाल भित्र्याउन थालिएको हो ।

काठमाडौं पशु क्वारेन्टाइन कार्यालयका अनुसार यही साता मात्रै चितवनको रामनगर हुँदै भारतबाट काठमाडौं मासुका लागि तयार गरि ल्याइएको ७३० वटा कुखुरा आशंकाको आधारमा नष्ट गरिएको छ ।

कार्यालयका प्रमुख डा. श्रीराम अधिकारीको नेतृत्वमा अनुगमनमा गएको टोलीले भेटेनरी चिकित्सकको परीक्षणको प्रमाण र स्थानीय सिफारिस नभएको भेटिएपछि ती कुखुरा नष्ट गरिएको जानकारी दिए ।

स्रोत: गोरखापत्र 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*