लकडाउनमा धुुर्मुस र सुन्तलीको ‘लिपुलेक’ सार्वजनिक
लकडाउनकै अवधिमा हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले लिपुलेक र नालापानी हाम्रै हो भन्दै एक नयाँ भिडियो सार्वजनिक गरेका छन् । लक डाउनपछि विभिन्न चेतनामुलक भिडियो सार्वजनिक गरिरहेका उनिहरुले सार्वजनिक गरेको भिडियोमा छिमेकीले जग्गा मिचेर बाटो बनाएको तर नेपालका नेताहरुले कुनै पनि कदम चाल्न नसकेको कुरालाई उल्लेख गरिएको छ ।
लकडाउनको अवधिमा तयार पारेको भिडियो सामग्रीले दर्शकहरुमा राम्रै छाप छोड्न सफल भएको छ ।
उनिहरुले तयार पारेको नयाँ भिडियोमा सितारामको दुइवटा गेटअप देख्न सकिन्छ । भिडियोले नेताले नसके जनता आफैले नेपालको जमिन फिर्ता ल्याउन सक्छन् भन्ने सन्देश दिइएको छ ।
सुदिप बरालको छायांकन र सम्पादनमा तयार भएको यो भिडियोमा सिताराम र कुञ्जनाले नै निर्देशनको जिम्मा सम्हालेका छन् । नेपालको भुमी मिचेर भारतले बाटो बनाएपछि देशभित्र यसको सर्वत्र विरोध भैरहेको छ । सरकारले लिपुलेक समेटेर नेपालको नक्शा जारी गर्ने बताइसकेको छ ।