भीमफेदीको पहिरो प्रभावित परिवारलाई परीवारलाई सामुहिक आवासमा स्तान्तरण

हेटौँडा,११ साउन
मकवानपुरको भीमफेदी गाविस–५ बाराहिथानपाखाका पहिरो प्रभावित २५ घरका वासिन्दालाई नेपाली सेनाले निर्माण गरेको सामुहिक आवासमा स्तान्तरण गरिएको छ ।
भीमफेदी ४ मा सेनाले निर्माण गरेको आवासमा उनीहरुलाई स्तान्तररण गरिएको हो । मंगलबार एक कार्यक्रमबिच उनीहरुलाई स्तान्तरण गरिएको भिमफेदीबाट सुरेन्द्रराज थीकेले बताए । भुमक्प पश्चात भिमफेदीको जमिन छियाछिया भएको र वर्षातको समयमा पहिरोको जोखिम बढन सक्ने भन्दै स्थानीयहरुको टोली दैनिक गाउँ विकास समितीमा कम्तिमा वर्षातको समयको लागि मात्र भएपनि सुरक्षित स्थानमा अस्थााई आवासको निर्माण गर्न अनुरोधको लागि आउने गरेको स्थानीय गाउँ विकास समितीका सचिव बद्री सापकोटाले बताए । यसैबिच मंगलबार पहिरोले आफ्ना ३ आफन्त गुमाएका मनमायम स्याङतानको परिवारलाई नेपाल रेडक्रस सोसाइटि उपशाखा भीमफेदीको संयोजकत्वमा खानपिन,लत्ताकपडा सहित बसोबासको दायित्व प्रदान गरेको छ ।











