हेटौंडामा जनप्रतिनिधिहरुको सम्मेलन शुरु ।

हेटौडा न्युज
२० आश्विन २०७५, शनिबार ०३:३९
;

आश्विन १९ । हेटौंडामा जनप्रतिनिधिहरुको सम्मेलन भएको छ।
युनिभर्सल पीस फेडेरेशन नेपालको आयोजनामा शुक्रबार प्रदेश नम्बर को राजधानी समेत रहेको हेटौंडामा प्रदेशभरीका गाउँपालिका नगरपालिकाका प्रमुख तथा उपप्रमुख लगाएत अन्य जनप्रतिनिधिहरूको सम्मेलन भएको हो नेतृत्व विकास तथा क्षमता अभिवृद्धि गर्ने, विवाह पारिवारिक सम्बन्धलार्इ मजबुत बनाउने, लगाएतका उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको हो

उक्त कार्यक्रमका प्रमुख अतिथि एवम् प्रदेश नम्बर का सभामुख सानु कुमार क्षेष्ठले कार्यक्रमको उद्घाटन गर्दै अबको समाजमा दिगो शान्ति स्थापना गर्नुपर्ने आवश्यकता देखिएको बताए दिगो शान्तिका लागि सबैले पहल गर्नुपर्ने भन्दै उनले आयोजकप्रति धन्यवाद ज्ञापन समेत गरे कार्यक्रममा बोल्दै कार्यक्रमका सभाध्यक्ष एवम् युनिभर्सल पीस फेडेरेशन नेपाल मकवानपुरका अध्यक्ष प्रल्हाद लामिछानेले दिगो विकास शान्तिका लागि जनप्रतिनिधिहरूको भूमिकाबारे बताए कार्यक्रममा सांसद मिलन राजवंशीले कार्यक्रमबाट प्रदेशका जनप्रतिनिधिहरुले दिगो विकासका लागि केहि सिक्ने अवसर आयोजकले प्रदान गरेकोमा धन्यवाद प्रदान गरिन्
कार्यक्रमका संस्थाका महासचिव विनोद डाँगी, राष्ट्रियसभा सदस्य रामनारायण विडारी, विकासविद् चन्द्रमणी अधिकारी, एसिया प्यासेफिकका एजुकेशस्नल डाईरेक्टर डाक्टर रोर्वट एक्स किटेल,एसिया प्यासेफिक भाईस चेयरम्यान डा लेक सांसद मुनु सिग्देल, जुुनेली क्षेष्ठ, प्रमबहादुर पुलामी, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर का सल्लाहकार गिरिजा अधिकारी, महासचिव कृष्णसारु मगर, जिल्ला अध्यक्ष हरी हुमागाई,हेटौंडा उपमहानगरपालिकाका मेयर हरीबहादुर महत,लगाएतको सहभागिता रहेको थियो

श्रोत–गुगलपाटी डट कम ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*