दुग्ध विकास संस्थानको ग्राहकलाई छुट ।
-1538759405.jpg)
आश्विन १९ । चाडपर्व नजिकिँदै गर्दा दुग्ध विकास संस्थानले घ्यू र मख्खनको मूल्यमा ग्राहकलाई छुट दिने निर्णय गरेको छ ।
भदौ १ गतेबाट लागू हुनेगरी घिउ र मख्खनमा प्रतिकेजी ५० रुपैया छुट उपलब्ध गराएको जनाइएको छ । दुग्ध विकास संस्थान हेटौंडा वितरण आयोजना प्रमुख गणेश कुमार यादबका अनुसार डिडीसीले यसअघि नै घ्यूको मुल्यमा प्रतिलिटर ५० रुपैया छुट दिन सुरु गरिसकेको छ ।
प्रतिकेजी आठसय ५० रुपैयाँमा बिक्री हुदै आएको मख्खन अब ८ सय रुपैयाँमा उपभोक्ताले खरीद गर्न सक्नेछन् । यस्तै घ्यू ९ सय २० रुपैयाँ प्रतिलिटरबाट मूल्य घटाएर ८ सय ७० बनाईएको थियो ।
घ्यू र मख्खन एकहजार किलो वा लिटर भन्दा माथि खरीद गर्ने ग्राहकलाई अंकिँत मूल्यको १ प्रतिशत छुट दिने दुग्ध वितरण आयोजना हेटौंडाले जनाएको छ । यता दुग्ध विकास संस्थानले किसानलाई दिने दूधको मूल्य घटाएको भन्दै किसानहरु भने आन्दोलनमा रहेका छन् । श्रोत–गुगलपाटी डट कम ।










