राप्रपाको मेचीकाली रथयात्रा मकवानपुरमा

हेटौडा न्युज
२२ फाल्गुन २०७५, बुधबार ०२:२०
;

फागुन २१। राष्ट्रिय प्रजातन्त्र पार्टीले गत फागुन १५ गते देखि ताप्लेजुङ्गबाट शुरु गरेको मेचीकाली रथयात्रा अभियान मकवानपुर आईपुगेको छ । मकवानपुर आईपुगेको अभियान कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाकाका केन्द्रीय अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा बर्तमान पार्टीहरुले लुटतन्त्र गरिरहेको आरोप लगाएका छन् । थापाले हालको सरकार भ्रष्ट्राचार लाई बढावा दिन अग्रसर रहेको आरोप लगाएका छन् । आफूलाई लोकतन्त्रवादी भन्ने पार्टीहरुको क्रियाकलापले जनतामा चरम निराशा छाएको उनको भनाई रहेको थियो । 
कार्यक्रमलाई पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद राजेन्द्र लिङ्देलले आफू लिम्बु भएपनि देशको पहिचानका लागि नेपाल हिन्दु राष्ट्र हुनु पर्ने बनाई रहेको थियो । जातजातिका संस्कार, धर्म, परम्परा भन्दा पहिले देशको पहिचान हुनु पर्ने उनको अडान रहेको थियो । पहिचान बाहेकको देश नरहने हुनाले विश्वकै एक मात्र हिन्दु राष्ट्रको पहिचान बोकेको नेपाललाई विभिन्न राजनैतिक दलहरु मिलेर पहिचान मासेको र देशलाई सिक्किमीकरण बनाउन लागि परेको लिङ्देलले आरोप लगाएका छन् ।
राप्रपाको सो अभियान आज नवलपरासीका लागि प्रस्थान गर्ने बताएको छ  । आगामी फागुन ३० गते समापन हुने यस अभियान गर्नु अघि सनातन हिन्दु राज्य, राजतन्त्र सहितका सरकारसँग विभिन्न २२ बुँदे माग राखेको पनि छ । अभियान कार्यक्रमलाई पूर्व गृहमन्त्री बुद्धिमान तामाङ्ग, दीपकबहादुर सिंह, जिल्ला अध्यक्ष मधु अधिकारी लगायतले सम्बोधन गरेका थिए । अभियानमा देशभक्ति गीतसंगीत सहित विभिन्न साँस्कृतिक कार्यक्रम पनि गरिएको थियो । 
यस्तै हेटौंडा स्थित राप्रपाले आज पूर्वपचिम राजमार्ग बन्द गरेर सिमा चौकमा अभियानको आमसभा सञ्चालन गरिएकोमा स्थानीय प्रशासन बेखबर रहेको छ । राप्रपाले सो सभा गर्नका लागि जिल्ला प्रशासन कार्यालयसँग कुनै सहमति वा समन्वय नगरेको प्रमुख जिल्ला अधिकारी आसमान तामाङ्गले जनाएका छन् । राजमार्ग नै बन्द गरेर आमसभा गरिएपछि सो सडक खण्ड भएर आवत जावत गर्ने सयौं सवारीलाई ट्राफिक प्रहरीले बैकल्पिक सडकबाट सवारी जाने व्यवस्था गरेको थियो भने सभा अवधिभर हेटौंडा बजारमा केहीबेरका लागि सवारी जाम भएको थियो । त्यसैगरी जिल्ला प्रहरी कार्यालयलाई बुद्धचौक र सिमा चौकको बीच भागमा रहेको पश्चिम तर्फको स्थानमा सभा गर्ने जानकारी दिईएको भएपनि सभा गर्ने बेला स्थान परिवर्तन गरी सडकमै कार्यक्रम गरेको मकवानपुर प्रहरी प्रमुख मुकेशकुमार सिंहले बताएका छन् । अकस्मात स्थान परिवर्तन गर्दै सयौं कार्यकर्ता तथा सहभागीहरु सहितको कार्यक्रमलाई विथोलिने र विवाद हुने सम्भावना भएकाले बाध्य भएर शान्ति सुरक्षाका लागि भएपनि पनि आफूहरुले कडा कदम चाल्न नसकेको र सवारी व्यवस्थापन गरिएको बताएका छन् । पछिल्लो समय विभिन्न राजनैतिक दलहरुले शक्ति प्रदर्शन गर्ने होडबाजीमा सार्वजनिक सडकनै बन्द गर्दै आमसभा, विरोध गर्ने गरेका छन् । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*