हेटौंडाको महेन्द्र किरण माध्यमिक विद्यालय कानून् मिच्दै ।

हेटौडा न्युज
२५ चैत्र २०७५, सोमबार ००:५८
;

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर दिन दिनै खस्किरहेको हामी सबैले सुनेका, देखेका र भोगेका छौं । यसो हुनुमा विद्यालय व्यवस्थापनको कमजोरी, शिक्षकहरुको गैर जिम्मेवारी, राजनैतिक चलखेल जस्ता कारणहरु रहेका छन् । 
सामुदायिक विद्यालयले कतिसम्म गैर जिम्मेवार कार्य गर्दै विद्यार्थीहरुको भविष्य माथि खेलवाड गर्छन् भन्ने उदाहरण हेटौंडा उपमहानगरपालिका भित्रैको बसामाडीमा रहेको महेन्द्र किरण माध्यमिक विद्यालयलाई लिन सकिन्छ । 
सो विद्यालयले विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरेको, आम्दानी खर्च लुकाएको, शैक्षिक योग्यता नपुगेकाबाट आफ्ना छोराछोरी पढाईरहेको, विद्यालय नै नआई हाजिर गर्दै तलब बुझेको लगायत गुनासो गरेका छन् । 
विद्यालयमा कक्षा ११ र १२ मा अध्यापन गराउन न्युनतम शैक्षिक योग्यता माष्टर्स डिग्री गरेको हुनु पर्ने शिक्षा नियमावलीमा उल्लेख गरिएको छ । तर सो विद्यालयमा माष्टर्स डिग्री नगरेका निमावि र मावि शिक्षकहरु किशोर बर्तौला, मनराज घलान र शर्मिला ढकालले अध्यापन गराईरहेको  र पारिश्रमिक बुझिरहेको तथ्य फेला परेको छ । उनीहरुलाई नियुक्तिका लागि गरिने कुनैपनि प्रकृया पूरा गरिएको छैन  । यसबारेमा उनीहरु आफैले पनि आफ्नो् योग्यता नपुगेको स्वीकार गरेका छन् ।  
अभिभावकहरुको आरोपमा विद्यालयको पीटिए अध्यक्ष रुपेश बर्तौलाकी श्रीमति भएकाले सुत्केरी विदा भन्दै १ सय ६५ दिन विदा दिएको तर सो विदाको पनि विद्यालयमा हाजिर गरेको भन्ने विषय समेत तथ्य फेला परेको छ । विद्यालय प्रशासनले शिक्षिका महालक्ष्मी भोरासैनीको हाजिरी मिलाउन नक्कली हाजिरी खडा गरेको भेटिएको थियो । जबकि यसो गर्नु गैर कानूनी हो र सरकारी कागजात किर्ते गरेको सरह मानिन्छ । आईतबार बिहान थपिएको नयाँ पानाको प्रमाणलाई प्रधानाध्यापक प्रतिमा गौतमले सञ्चारकर्मीहरुकै अघि थपिएको हाजिरी पाना उप्काएकी थिईन् । 
विद्यालयको शैक्षिक गुणस्तर दिन दिनै खस्केको अभिभावकहरुको आरोप थियो । यस सम्बन्धमा विद्यालय प्रशासनले लुकाउदै आएको वास्तविक तथ्यमा उदाहरणका लागि कक्षा ९ मा ४० जना मध्ये ३३ जना फेल भएका छन् । अन्य कक्षाको अवस्थापनि उस्तै रहेको छ । विद्यालयमा शिक्षक नआए गयल हुने नियम छ । विद्यालय आउन नसक्दा नियमानुसार विदा दिनु पर्ने कारण दिनुपर्ने हुन्छ । तर विद्यालय नै नआई सो दिन पनि हाजिर गरी कानूनको धज्जी उडाएका छन् । विद्यालयमा भएको विद्युतीय हाजिरमा अनुपस्थित भएको दिन पनि रजिष्टरमा आएको जनाउँदै सेवा सुविधा लिएको तथ्य फेला परेको छ । 
विद्यालय प्रशासनले आज सम्म कानून मिचेको, शिक्षकहरुलाई दबाबमा राखेको र अभिभावकहरुले लगाएको आरोपमा सत्यता रहेको बताएका छन् । 
न्युज २४ टेलिभिजनबाट साभार । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*