सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट २ महिनादेखि बन्द हुँदा २५ करोड घाटा

हेटौडा न्युज
१८ असार २०७६, बुधबार १९:०९
;

आषाढ १७ । सरकारी स्वामित्वका विभिन्न उद्योगहरु राजनैतिक कारण, कर्मचारीको लापरबाहीले दैनिक घाटामा गएको हामीले देख्दै सुन्दै आएका छौं । त्यस्तै नियति भोग्दै छ, सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगले । गुणस्तरीय सिमेन्ट उत्पादनमा विगत ३४ बर्ष देखि सञ्चालनमा रहि आएको यस उद्योगको  मिल मेन बुस बेरिङ्ग बिग्रिदा करोडौ नोक्सान भईरहेको तथ्य फेला परेको छ । उद्योगको प्रिजेकिङ्ग प्रेसर गेजमा समस्या आएपछि सिमेन्ट उद्योग बन्द भएको छ ।
तर सो मेशिन नचलाउन लिखित रुपमै भनिएता पनि अटेर गरी मेशिन चलाउँदा उद्योग नै बन्द भएको सो शाखामा कार्यरत नरबहादुर खनालले जानकारी दिएका छन् । 
""मेशिन बनाउनका लागि भारतबाट दैनिक ५० हजार रुपैया दिने गरी प्राविधिक ल्याईएको सिमेन्ट उद्योगले जानकारी दिएको छ । यस सम्बन्धमा उद्योगका जिएम प्रेम शंकर सिंहले कर्मचारीको लापरबाहीका कारण विगत २ महिना देखि उद्योग बन्द भएको आरोप लगाएका छन् । उनका अनुसार उद्योग बन्द हुँदा करीब २५ करोड नोक्सान बेहोर्नु परेको बताएका छन्, भने मर्मतका लागि करीब ३० लाख रुपैया लाग्ने बताएका छन् । तर कर्मचारीको कार्य हेर्नुपर्ने र त्यसको जवाफदेहता स्वयम् जिएमले नै लिनुपर्ने भएपनि काम गर्ने कर्मचारीको मात्रै दोष देखाएर आफू भने पन्छिएका छन् ।"" 
उद्योगमा उत्पादित सिमेन्टको तौलमा तलमाथि नहोस भन्नका लागि यसको प्रयोग गरिन्छ । तर यस उद्योगमा यो मेशिन आएको नै १ बर्षभन्दा बढी भईसक्यो । ""तर आज सम्म यसको जडान गर्ने तर्फ उद्योगले कुनै चासो व्यक्त गरेको छैन, र खुल्ला चौरमा बेवारिशे बनाएर राखिएको छ । एक बर्ष अघि आएको सो मेशिनलाई आगामी श्रावणमा जडान गर्ने बताउँदै आएको छ । 
उद्योगमा विद्युतीय हाजिर को अनुसार कर्मचारीलाई समयमा नै उद्योगमा आउँन बाध्य पार्ने वा नियमन गर्न सजिलो हुने भन्दै विद्युतीय हाजिर मेशिन पनि छ, तर सो विद्युतीय मेशिनले कहिलेकाही मात्र काम गर्ने उद्योगले बताएको छ । सो विद्युतीय हाजिर मेशिनमा जोजति बेला आएपनि प्रशासनले चासो राख्नै पनि सकेको छैन वा भनौ कर्मचारी ढिलो आउँने वा चाडो जाने कुनै मतलब राख्नै सकेको छैन । केही समय अघि विद्युतीय हाजिर अनुसार ओभरटाईमको पारिश्रमिक निर्धारण गर्ने क्रममा विवाद हुँदा विद्युतीय हाजिर मेशिन नै काम नलाग्ने गरी कर्मचारीहरु बाटै फालिएको सिमेन्ट उद्योगका जिएम प्रेम शंकर सिंहले बताएका छन् । 
२०४२ सालबाट उत्पादन शुरु गरेको यस उद्योगले दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन क्षमता रहेको  र करीब ३ सय ७० जना कर्मचारी कार्यरत रहेका छन् । यसरी सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग दिनदिनै धरायसी बन्दै गएको छ । 

साभार न्युज २४ टेलिभिजन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*