लागूऔषध गाँजासहित मनहरीका दोङ्ग पक्राऊ
इलाका प्रहरी कार्यालय नेवारपानीले लागूऔषध गाँजा ५ किलो ४ सय ग्राम सहित १ जनालाई पक्राऊ गरेको छ । प्रहरी टोलीले हेटौंडा १९ बाट सडकमा हिडिरहेका मनहरी वडा नम्बर २ का २६ बर्षीय वीरबहादर दोङ्गलाई उनले बोकेको झोला शंका लागि चेकजाँच गर्दा सो परिणामको लागूऔषध गाँजा सहित पक्राऊ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राऊ गरिएका दोङ्गलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम १ देखि ३ बर्ष सम्म कैद र ५ हजार रुपैण देखि २५ हजार रुपैयाँ सम्म जरिवाना हुने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।