समाजवादी युवाले दियो ज्ञापनपत्र

हेटौडा न्युज
१ आश्विन २०७६, बुधबार १९:०७
;

गत भाद्र ९ गते एनसेल आयकर सम्बन्धि सर्वोच्च अदालतले गरेको निर्णयको विरोध गर्दे समाजवादी युवा संघ, मकवानपुरले आज ज्ञापनपत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुर मार्फत प्रधानमनत्री तथा मन्त्री परिषद कार्यालयलाई सो ज्ञापन पत्र बुझाईएको हो । संघका जिल्ला अध्यक्ष सुदिप कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा गत २०७५ माघ २३ गते गरेको सर्वोच्च अदालतले आजियाटा एनसेलले राज्यलाई ६१ अर्ब रुपैयाँ राजश्व तिर्नुपर्ने निर्णय गरेको थियो । तर पछि सोही अदालतले गत भाद्र ९ गते सो निर्णयको विरुद्धमा गरेको निर्णयले राज्यको अरबौ रुपैयाँ गुमेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । यूवा संघले सर्वोच्च अदालतले निर्णय राज्य विरुद्ध रहेको ज्ञापन पत्रमा उल्लेख गरेको छ । 
""आज बुझाईएको विज्ञप्तिमा एनसेल कर असुलमा लापरबाही गरेकाले उच्चस्तरीय न्यायीक आयोग गठन गरी दोषि उपर कार्वाहीको माग गरिएको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले सो पत्र सम्बन्धित निकायमा तत्काल पठाईने जानकारी दिएका छन् । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*