मकवानपुरमा काँग्रेसले आश्विन ७ मा विरोध प्रदर्शन गर्ने

हेटौडा न्युज
३ आश्विन २०७६, शुक्रबार ०१:४८
;

नेपाली कांग्रेस मकवानपुरले दोश्रो जागरण अभियान अन्तर्गत आउँदो आश्विन ७ गते बृहद विरोध प्रदर्शन कार्यक्रम गर्ने भएको छ । पार्टीको आज  विहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले सो दिन  ५ मुद्दामा केन्द्रित रहेर विरोध गर्ने निर्णय गरेको जिल्ला प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिएका छन् ।
पार्टीका जिल्ला सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा बसेको बैठकले बढ्दो महंगी, नेपाल वायु सेवा निगमको वाइडबडी र न्यारोबडी प्रकरणलगायतमा भएको भ्रष्टाचार, महिला हिंसा, बलात्कार र हत्याका विरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ । बैठकले अलोकतान्त्रिक बिधेयकहरु, सरकारको कार्यप्रतिको मुद्दाहरुलाई विरोध प्रदर्शनको कारण बताएको छ । 
नेपाली काँग्रेसले देशव्यापीरुपमा आफ्ना पार्टीका नेता वीपी कोइरालाको १०६ औं जन्मदिनको अवसरमा गत भाद्र २४ गतेबाट देशव्यापी दोश्रो जनजागरण अभियान सुरु गरेको थियो भने, अभियानको १५ औं दिन आश्विन ७ गते समापन गर्दैछ । 

""त्यस्तै नेपाली काँग्रेस मकवानपुरले पार्टीका नेता गणेशमान सिंहको २२ औं स्मृतिदिवसमा शोकसभा गरेको छ । शोकसभा कार्यक्रममा नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय सिंहको महत्वपूर्ण भूमिका रहेको बारेमा चर्चा गरिएको थियो । शोक सभामा नेपाली कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, सचिवद्वय बुद्ध लामा र आनन्द कठायत, कोषाध्यक्ष गोपी विश्वकर्मा, सहसचिव रामबाबु बानियाँ, प्रवक्ता प्रदिप कोईराला, जिल्ला सदस्यहरु, क्षेत्रीय सभापतिहरु, भातृ तथा शुभेच्छुक संस्थाका प्रमूखहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*