सरोकारवाला निकायको बजार अनुगमनमा व्यवसायीको भागाभाग

हेटौडा न्युज
३ आश्विन २०७६, शुक्रबार ०३:१०
;

दशै, तिहार, छठ पर्व नजिकिएसँगै बजारमा आवश्यक खाद्य सामग्रीहरुमा मूल्य वृद्धि हुने विगतदेखिनै उपभोक्ताहरुले गुनासो गर्दै आएका छन् । चाडबाडमा मूल्य वृद्धि मात्र होईन, केही खाद्य सामग्रीहरुको उपभोग मिति सकिएपनि बिक्र वितरण हुने गरेको पनि बेलाबेला भेटिने गरेको छ । यसै समस्यालाई मध्यनजर गर्दै मकवानपुरमा केही दिन देखि सरोकारवाला निकायले बजार अनुगमन गरिरहेको छ । 
""यसैक्रममा हेटौंडामा आज खाद्य तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रशासन तथा उपभोक्तावादी संस्थाहरुका प्रतिनिधिको सँयुक्त अनुगमन टोलीले हेटौंडा २ स्थित खाद्य तथा किराना पसल र खाजाघरहरुको अनुगमन गरेको छ । टोलीले हेटौंडा २ स्थित फापरबारी बसपार्क क्षेत्रका १९ वटा खाद्य किराना पसलहरु तथा खाजाघरहरुको अनुगमन गरेको हो । अनुगमनका क्रममा म्याद नाघेका पेय पदार्थ तथा किराना सामग्रीहरु बिक्री गरेको भेटिएको अनुगमन टोलीका सदस्य बासु खतिवडाले जानकारी दिएका छन् । यस्तै होटल तथा खाजाघरहरुको अनुगमनका क्रममा अत्यन्त न्युन सरसफाइ गरेको पाइएको जनाएका छन् । 
आज गरिएको अनुगमनका क्रममा अनुगमन टोलीलाई आफ्नो पसल तर्फ आएको देख्नासाथ १५ भन्दा बढी होटल तथा किराना व्यवसायीहरुले आफ्नो होटल तथा पसलहरु बन्द गरेर लुकेका छन् । यसरी अनुगमन देख्नासाथ पसल बन्द गरेरै भाग्नुमा सो पसल तथा व्यावसायिक प्रतिष्ठानमा कैफियत रहेको स्वत अनुमान गर्न सकिने बताईएको छ । आज पसल बन्द गर्दै भाग्ने पसलहरुमा छड्के अनुगमन गरिने पनि जनाईएको छ । 
""अनुगमन टोलीमा खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौडाका खाद्य निरीक्षकहरु खगेन्द्रप्रसाद खतिवडा, सरोज पौडेल, हेटौंडा उपमहानगरपालिका सामाजिक बिकास महाशाखाका भैरव कुमाल, उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरका अध्यक्ष बासुप्रसाद खतिवडा, उपभोक्ता मञ्च नेपाल, मकवानपुरका उपाध्यक्ष कपिल अर्याल लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*