कक्षा ११ को परीक्षाफल प्रकाशित

हेटौडा न्युज
७ आश्विन २०७६, मंगलवार १६:५७
;

राष्ट्रिय परीक्षा बोर्डले गत बैशाख, जेष्ठमा लिएको कक्षा ११ को परीक्षाफल आज प्रकाशित गरेको छ । बोर्डले कक्षा ११ को नियमित, आंशिक ग्रेड, आंशिक अंकांकन तर्फको परीक्षाफल प्रकाशित गरेको हो । परीक्षा बोर्डका अनुसार नियमित तर्फ ३ लाख ४९ हजार ६ सय ३ जना, आंशिक ग्रेड बृद्धि तर्फ १ लाख ४२ हजार ३ सय ४५ जना, आंशिक अंकांकन तर्फ १७ हजार १ सय ४ जना गरी कूल ५ लाख ९ हजार ५२ जना परीक्षार्थी सम्मिलित भएको जनाएको छ । सो परीक्षामा सम्मिलित ३१ जना परीक्षार्थीको परीक्षा रद्द गरेको छ । 

""

यसमा तपाइको मत

Your email address will not be published.


*