लागूऔषध सहित बीरगञ्जका हुसेन पक्राऊ
जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले लागूऔषधसहित बीरगञ्ज वडा नम्बर १३ का नाजिर हुसेनलाई पक्राऊ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरको प्रहरी टोलीले राजमार्ग चेकिङ्गका क्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ को सडक खण्डमा बीरगञ्जबाट हेटौंडा तर्फ आउँदै गरेको ना ५ ख १४९९ नम्बरको यात्रुबाहक बसमा यात्रारत हुसेनलाई लागूऔषधसहित पक्राऊ गरिएको जनाईएको छ । चेकजाँचको क्रममा लागूऔषको रुपमा प्रयोग हुने फेनारगन १ सय ९९ एम्पुल, नुफिन १ सय ९५ एम्पुल, डाइजेपाम १ सय ९५ एम्पुल गरी ५ सय ९२ एम्पुल उनको साथबाट बरामद गरिएको मकवानपुर प्रहरी प्रवक्ता यज्ञप्रसाद भट्टराईले बताएका छन् । पक्राऊ परेका उपर लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम २ बर्ष देखि १० बर्षसम्म कैद र १ लाख देखि २० लाख रुपैयासम्म जरिवाना हुनुक्ने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जनाएका छन् ।