बसपार्कमा चोरी गर्ने नेपाली पक्राऊ

हेटौडा न्युज
१५ आश्विन २०७६, बुधबार २२:३२
;

वडा प्रहरी कार्यालय हेटौंडाले हेटौंडा २ स्थित फुर्केचौर, फापरबारी बसपार्कबाट चोरी गर्दागर्दै भरतपुर महानगरपालिका वडा नम्बर ८ गौरीगञ्जका पूर्णबहादुर नेपालीलाई पक्राऊ गरेको छ । आज करीब १ बजे सो बसपार्कबाट मकवानपुरगढी गाऊँपालिका सुकौरा जान लागेका केशबप्रसाद पुडासैनीको साथबाट वालेट निकाल्दै गरेको अवस्थामा प्रहरीले रंगेहात पक्राउ गरेको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक इश्वरीप्रसाद भण्डारीले जानकारी दिएका छन् । प्रहरीका अनुसार पक्राऊ परेका नेपालीसहित चोरीमा संलग्न बिकु परियार फरार रहेको प्रहरीले बताएको छ । पक्राउ परेका नेपालीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पठाईएको वडा प्रहरी कार्यालयले जनाएको छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*