मकवानपुरका यी ८ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा पढाई हुने

हेटौडा न्युज
१७ आश्विन २०७६, शुक्रबार ००:१०
;

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद, भक्तपुरले मकवानपुरका ८ वटा सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षा शिक्षण अनुमति दिएको छ । परिषदले शैक्षिक सत्र २०७६÷७७ का लागि प्राविधिक एसएलसी र प्रमाणपत्र तह प्राविधिक, ३ बर्षे स्नातक प्राविधिक शिक्षाका लागि अनुमति दिएको हो । परिषदको आश्विन १४ गतेको निर्णयले प्राविधिक एसएलसी तहका लागि कैलाश गाऊँपालिकाको कालिका माविलाई पशुविज्ञान १८ महिने, हेटौडा–१५ को जनजागृति माविलाई अटो इञ्जिनियरिङ्ग १८ महिने शिक्षण अनुमति दिएको छ । 
त्यस्तै परिषदले प्राविधिक तर्फ ३ बर्षे डिप्लोमा (स्नातक) का लागि हेटौंडा– ४ को भुटनदेवी माविलाई सिभिल इञ्जिनियरिङ्ग, हेटौंडा–१९ को निर्मल माविलाई इलेक्ट्रिकल इञ्जिनियरिङ्ग, हेटौंडा–२ को सिद्धार्थ माविलाई वनविज्ञान, हेटौंडा–१६ को जनप्रिय नमूना माविलाई इलेक्ट्रिकल इञ्जिनियरिङ्ग, हेटौंडा–६ को बंशगोपाल माविलाई जियोमेटिक्स इञ्जिनियरिङ्ग र मनहरी गाऊँपालिका–८ को महेन्द्र किरण माविलाई बालीविज्ञानका कक्षाहरु सञ्चालन गर्न अनुमति प्रदान गरेको जनाएको छ । 
परिषदले मकवानपुरसहित देशका ७ वटै प्रदेशका विभिन्न सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा शिक्षण अनुमति दिएको छ ।(परिषदको सूचना)

""

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

""

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*