शुरुवात गरेको सातादिनमै मकवानपुर ट्राफिकको "ड्रम" कार्यक्रम "फ्लप"

हेटौडा न्युज
२४ आश्विन २०७६, शुक्रबार १९:३८
;

सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले केही दिन अघि मात्रै सडकको दायाँबायाँ खुल्ला गर्न "निक्कै तामझामका साथ" राखिएको डिभाइडर ड्रमले प्रभाव पार्न छोडिसकेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र सामुदायिक सेवा केन्द्र थाना भर्याङ्गले संयुक्त रुपमा राखेको सो "ड्रम डिभाइडर कार्यक्रम" एक सातामै फ्लप भएको देखिएको छ । हेटौंडा वडा नम्बर ११ अन्तर्गतको राप्तिपुल देखि बागथली सम्म करीब २ किलोमिटरमा मालबाहक सवारी सडक किनारामा राख्नाले दुर्घटनाको जोखिम बढेको भन्दै सडकको दाँयाबायाँ ४/४ मिटरको दूरीमा बिरुवा सहितको ड्रम राखेको थियो ।

""ट्राफिक प्रहरीले सो ड्रमको सिमाना बाहिर मात्रै सवारी पार्किङ्ग गर्नुपर्ने अन्यथा जरिवाना गर्ने बताएको भएपनि जिल्ला ट्राफिक प्रहरी कार्यालयकै अघिल्तिर उसले बनाएको नियमको उलङ्घन गरेर दर्जनौ सवारी पार्किङ्ग गरिरहेको भएपनि कार्वाही गर्नुको साटो मुकदर्शक भएर बसेको प्रष्टै देखिन्थ्यो । ट्राफिक प्रहरीले राखेको करीब एकसातामै त्यहाँ राखिएका आधा दर्जन ड्रमहरु समेत लडिसकेका छन् ।
प्रदेश प्रहरी प्रमुख शेरबहादुर बस्नेत र हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले संयुक्त रुपमा ती ड्रमहरुमा बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए ।"" 
मकवानपुर जिल्लाकै सवारी व्यवस्थापनको जिम्मा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयकै अघिल्तिर (कार्यालयदेखि करीब २५ मिटरको दूरीमा) नियमनमा कमजोर देखिनुले उसको कार्यशैलीलाई अझै चुस्त राख्नुपर्ने देखिएको छ । अन्यथा उसले आफैले गरेको कार्यक्रममै विश्वास गुम्ने र आफ्नै अघिल्तिर समेत नियमनमा चासो नदिने ट्राफिक प्रहरीबाट समग्र जिल्लाको सवारी व्यवस्थापन कसरी होला भन्ने प्रश्न सर्वसाधारणको हुने प्राय: निश्चित छ  । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*