१४ सय तोला अबैध चाँदीका गहनासहित १ जना पक्राऊ

हेटौडा न्युज
५ कार्तिक २०७६, मंगलवार ००:४२
;

जिल्ला प्रहरी कार्यालय मकवानपुरले अबैध चाँदीका गहनासहित १ जनालाई पक्राऊ गरेको छ । वडा प्रहरी कार्यालय हेटौंडाबाट प्रहरी नायब निरीक्षक जयबहादुर प्रधानको नेतृत्वमा खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर २, देवीपथ सडकमा ना.१४ प २८३६ नम्बरको मोटरसाईकललाई चेकजाँचको क्रममा भन्सार छली ल्याईएको १ हजार ४ सय १४ तोलाका विभिन्न किसिमका चाँदीका गहनासहित भारत, मोतिहारीका राकेशकुमार सुनारलाई पक्राउ गरेको हो । 
जिल्ला प्रहरी कार्यालयका अनुसार चाँदीका गहनाहरुमा पाउजू,चाँदीका सिक्का, बाला, मूर्ति लगायतका रहेका छन् । बरामद गरिएका चाँदीका गहनाको वर्तमान बजार मूल्य ६ लाख २० हजार ५ सय रुपैयाको रहेको छ । पक्राऊ परेका सुनारलाई आवश्यक कार्वाहीका लागि भन्सार कार्यालय, बीरजञ्ज पाठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*