मंसिर १४ को उपनिर्वाचनमा ३३ हजार सुरक्षाकर्मी परिचालन हुने

आगामी मंसिर १४ गते देशभरका कुल ५२ स्थानमा रिक्त पदका लागि हुन लागेको उपनिर्वाचनमा ३३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएका छ ।
निर्वाचन क्षेत्र अनुसार करीव १० हजार नेपाली सेना परिचालित हुने जनाइएको छ । निर्वाचन क्षेत्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी ३ भागमा विभाजन गरी सुरक्षा योजना बनाएको गृह मन्त्रालयले जनाएको छ । उपनिर्वाचनको सुरक्षाका लागि चारवटै सुरक्षा निकाय परिचालन हुनेछन् ।
आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनमा प्रतिनिधिसभाको एक, प्रदेशसभा सदस्य तीन, उपमहानगरको मेयर एक, नगरपालिकाका मेयर एक, गाउँपालिका प्रमुख तीन, उपाध्यक्ष एक र ४३ वडाध्यक्ष पदमा निर्वाचन हुदैछ ।