ठगीको आरोप लागेपछि मन्त्री रावलले दिए राजीनामा

क्याम्पसको शेयर विक्री ठगी र कीर्ते गरेको आरोप लागेपछि सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन् । कञ्चनपुरको जनज्योति बहुमुखी क्याम्पसको शेयर बिक्रीमा ठगीको आरोप लागेको थियो । राज्यमन्त्री रावलले आज आइतबार मुख्यमन्त्री त्रिलोचन भट्ट समक्ष राजीनामा पत्र बुझाएका हुन् ।
आज दिउँसो करीब १ बजेतिर मुख्यमन्त्री समक्ष राज्यमन्त्री रावलले राजीनामा बुझाएको मुख्यमन्त्री कार्यालयका प्रवक्ता भरतप्रसाद श्रेष्ठले बताएका छन् ।
आफूमाथि लागेको आरोप र लाञ्छनाको बिषयमा निष्पक्ष छानविनमा सहयोग पुगोस् भनेर राजीनामा दिएको राज्यमन्त्री रावलको भनाई रहेको छ ।