डा. केसीलाई लिन नेपाली सेनाको हेलिकप्टर डडेल्धुरा पुग्यो

हेटौडा न्युज
२५ कार्तिक २०७६, सोमबार १७:४६
;

अनशनरत डा. गोविन्द केसीलाई लिन नेपाली सेनाको हेलिकप्टर डडेल्धुरा पुगेको छ । चिकित्सा क्षेत्र सुधारको माग गर्दै १७ औं पटक अनशन बसेका केसीको स्वास्थ्य बिग्रिएको भन्दै डडेलधुरा अस्पतालले त्यहाँबाट अन्तै सार्न भने पछि केसीलाई लिन सेनाको हेलिकप्टर डडेल्धुरा पुगेको हो । तर केसीले भने स्वस्थमा कुनै समस्या नरहेको भन्दै अनशन तोड्न र काठमाडौं नजाने बताएका छन् ।
यस अघि अस्पतालबाट विज्ञप्ति नै सार्वजनिक भएपछि काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर सोमबार बिहान केसीलाई लिन डडेलधुरा आएको हो ।  शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले सोमबार बिहान नै केसीलाई अनशन तोड्न आग्रह गरेका थिए । तर, केसीले आफूले अनशन नतोड्ने बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*