६५ वर्षीय वृद्ध बालिका करणी आरोपमा पक्राउ

हेटौडा न्युज
३ मंसिर २०७६, मंगलवार १९:५७
;

साढे दुई वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ६५ वर्षीय वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पश्चिम नवलपरासीका सुनवल नगरपालिका–६ विसासयका कुमबहादुर गुरुङ रहेका छन् । बालिकाका आफन्तले गुरुङविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

घरमा कोही नभएको अवस्थामा खेल्दै बालिका गुरुङको घरमा पुगेको बेला गुरुङले बालिकालाई आइतबार साँझ बलात्कार गरेको उनको आफन्तले बताएका छन् ।

बालिकाको पृथ्वीचन्द्र अस्पतालमा मेडिकल परीक्षण गरिएको छ । पक्राउ परेका गुरुङविरुद्ध आवश्यक अनुसन्धान भइरहेका प्रहरीले बताएको छ ।
 

यसमा तपाइको मत

Your email address will not be published.


*