लायन्स क्लबको निःशुल्क आँखा शिविरमा १५१ जनाको आँखा परिक्षण 

हेटौडा न्युज
१२ मंसिर २०७६, बिहीबार ०२:५९
;

लायन्स क्लब इन्टरनेशनल ३२५ बि २ एरिया २ नेपालको आयोजना तथा सामुदायिक आँखा अस्पताल हेटौंडाको प्राबिधिक सहयोगमा आजबाट निःशुल्क आँखा शिविर शुरु भएको छ । आज मकवानपुरको मकवानपुरगढि गाउँपालिका वडा नंबर ४ स्थित सामुदायिक स्वास्थ्य इकाइ आपटारमा सम्पन्न शिविरमा १५१ जनाको निःशुल्क आँखा जाँच गर्दा ११ जनामा मोतीबिन्दु देखिएको छ । 

मोतीबिन्दुका बिरामी सम्पुर्णको शल्यक्रिया समेत यहि मंसिर १३ गते निःशुल्क गरिने कार्यक्रमका सह-संयोजक लायन कपिल स्याङ्तानले जानकारी दिए ।

लायन्स क्लब अफ हेटौंडा सुर्योदय परिवारको सहकार्यमा लायन्स इन्टरनेशनल ३२५ बि २ एरिया २ नेपालकि एरिया को-चिफ लायन तासिडोल्मा तुम्बाहाम्फे, रिजन १४ जोन २७ का जोन चियर पर्सन लायन किशोर टण्डन, लायन्स क्लब अफ हेटौंडा सुर्योदयका अध्यक्ष लायन अरुण बर्तौला लगायतकाको उपस्थिति रहेको थियो ।

आज बुधबारबाट सुरु भएको शिविर भोलि मंसिर १२ गते  मकवानपुरको बागमती गाउपालिकाको झुरझुरेमा र मंसिर १४ गते हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ गैरिगाउमा समेत सनंचालन हुने कार्यक्रम संयोजक लायन रजनी तिवारीले जनाएकी छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*