दैलेखमा गाडी दुर्घटना, ३ जनाको ज्यान गयो

१३ मंसिर २०७६, शुक्रबार १९:१९

दैलेखमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दैलेखको गुराँस गाउँपालिका–४ मुङ्ग्राहामा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् ।
सुर्खेतबाट दैलेख जाँदै गरेको भे १ ज १०२९ नम्बरको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
घाइतेको उद्धार गरी उपचारका लागि सुर्खेत पठाइएको छ ।