कास्कीको सबै मतदान केन्द्र पुग्यो मतदान सामाग्री

हेटौडा न्युज
१३ मंसिर २०७६, शुक्रबार १९:५३
;

आगामी मंसिर १४ गते कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा ३२ मतदान स्थल र ८२ मतदान केन्द्रमा मतदान सामाग्री पुगेको छ ।

उपनिर्वाचनमा मतदान अधिकृत तोकिएकालाई मतपत्रसहित ५६ प्रकारका निर्वाचन सामग्री हस्तान्तरण गरी सकेको र मतदान प्रकृयाका लागी आवश्यक काम धमाधम भैरेहको जिल्ला निर्वाचन कार्यालय कास्कीले जानकारी दिएको छ । 

निर्वाचन सम्पन्न गराउन आवश्यक सामग्री तथा मतपत्रसहित मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्मचारी, सुरक्षाकर्मी सम्बन्धित मतदानस्थलमा पुगेर सर्वदलिय बैठक सम्पन्न गरिसकेका छन ।

कतिपय मतदान स्थलमा आवश्यक संरचना निर्माणका काम पनि शुरु भैसकेको छ । उपनिर्वाचनमा ४५० कर्मचारी परिचालन गरिएको छ । मतदाता संख्याका आधारमा एउटा मतदान केन्द्रमा पाँचदेखि आठसम्म कर्मचारी खटाइएको छ । मतदानमा खटिने कर्मचारीबाहेक प्रत्येक मतदान केन्द्रमा दुईदेखि चार स्वयंसेवक परिचालन गरिनेछ ।

मतदानका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । मतदातालाई निर्धक्क भएर आफ्नो अभिमत जायर गर्न सबैलाई आग्रह गरिएको छ ।
 

यसमा तपाइको मत

Your email address will not be published.


*