कार्यकुशलता तथा सिकाइ व्यवस्थापन गोष्ठी शुरु

हेटौडा न्युज
१४ मंसिर २०७६, शनिबार १५:३४
;

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ को परिवर्तन महिला वचत तथा ऋण सहकारी संस्थाले एक दिने कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला गोष्ठीको आयोजना गरेको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडको प्राविधिक सहयोग र परिवर्तन महिला वचत तथा सहकारी संस्था लिमिटेडको आयोजनामा छैठौ कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला गोष्ठीको आयोजना गरिएको हो । 
गोष्ठी कार्यक्रममा नेफ्स्कूनका  सन्दिपराज ढकाल सहितको समूहले कार्यकुशलता तथा सिकाइ व्यवस्थापन सम्बन्धी तालिम प्रदान प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । 
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष रामकुमार पुडासैनीको प्रमुख आतिथ्यता र सहकारी अध्यक्ष सबिना विडारीको अध्यक्षता रहेको थियो । कार्यक्रममा संस्थाका सल्लाहकार बसन्त सिटौला, निवर्तमान अध्यक्ष विमला बर्तौला लगायत संस्थामा आवद्ध सदस्यहरुको सहभागिता रहेको थियो । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*