धरानमा कांग्रेसका उम्मेदवार तिलक राईको अग्रता

हेटौडा न्युज
१५ मंसिर २०७६, आईतवार २०:२९
;

धरान उपमहानगरपालिकाको मेयर पदका लागि भएको निर्वाचनको पछिल्लो मत परिणाम अनुसार नेकपालाई नेपाली कांग्रेसले पछाडि पारेको छ । 
मतगणनाको पछिल्लो नतिजा अनुसार कांग्रेसका उम्मेदवार तिलक राईले ६ हजार ८५७ मतका साथ नेकपा उम्मेदवार प्रकाश राईलाई ४३४ मतले पछाडि पारेका छन् । 

""

यसअघि नेकपाले अग्रता कायम गरिरहेकोमा वडा नम्बर १६ को मतगणना थालेपछि कांग्रेस उम्मेदवारले अग्रता लिएका हुन् ।

हालसम्मको गणनाअनुसार नेकपाले ६ हजार ४२३ मत ल्याएको छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*